Thaha

Saturday 18 May - 9:45 am NST

टी ट्वान्टी क्रिकेटको  पहिलो खेलमा ग्रेट हिमालयन र न्यू भिजन भिड्ने


काठमाण्डौ, २८ पुस । प्रथम राष्ट्रिय क्लब स्तरीय टी–ट्वेन्टी युवा क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र न्यू भिजन क्रिकेट क्लबवीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने प्रतियोगिताको सुचना तथा संचार प्रविधिमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । युवासंघ नेपाल केन्द्रीय खेलकुद विभागद्धारा आयोजित प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु त्रिवि मैदानमा र पुल्चोक इन्जिनियरिङ्ग कलेजको क्रिकेट मैदानमा हुनेछन् । ८ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहित १६ वटा क्लबको सहभागिता रहनेछ । उपत्यका बाहिरबाट पोखरा, मकवानपुर र नुवाकोटका क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५१ हजार रुपैंया नगद र ट्रफी पाउने युवा संघले जनाएको छ ।